२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको चेस खेलमा प्रायोजन रहने

सन्दिप घिमिरे

नुवाकोट । नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा फाल्गुण ६ गते देखि ८ गते सम्म प्रथम मेयर कप खुल्ला बुद्धिचाल प्रतियोगिता हुने भएको छ। 
      
अध्यक्ष प्रकाश जोशीको सभापतित्वमा मंगलबार सम्पन्न पत्रकार सम्मेलन मार्फत बुद्धिचाल खेलको खुल्ला प्रतियोगिता आयोजना बारे जानकारी गराएका छन्। 
       
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजना गर्न आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी गराएका छन्। 
  
पत्रकार सम्मेलनमा मेयर राजन श्रेष्ठले विदुर नगरपालिकाको निर्वाचन पूर्व घोषणा पत्र मार्फत प्रतिबद्धता जाहेर गरे अनुरुप बिकास निर्माण कार्य, सामाजिक उत्तरदायित्व, नागरिकलाई पुर्‍याउनु पर्ने सहज सुविधा, रचनात्मक कार्य अन्तर्गत युवा तथा महिला लक्षित उपलब्धिमुलक कार्यक्रमहरुको लक्ष्य ८०% पूरा भइसकेको जानकारी गराएका छन्। 
     
मेयर राजन श्रेष्ठले युवा लक्षित खुल्ला बुद्धिचाल प्रतियोगिताको प्रायोजनमा ३ लाख बजेट विनियोजन गरेको बताउदै बौद्धिक खेलमा सहभागी हुन आह्वान गरेका छन्। गलत,कुलत वाटोमा नलागी समयको सहि उपयोग गर्न मेयरले बुद्धिचाल खेलको प्रायोजन सहित नगरपालिकाले हातेमालो गरेको बताएका छन्। 
        
नेपाल बुद्धिचाल महासंघको सह आयोजना तथा प्राविधिक सहयोग रहेको प्रतियोगिताका लागि नगद पुरस्कार २ लाख १७ हजार रहेको छ। प्रतियोगिताको कूल खर्च ४ लाख ५२ हजार ५ सय अनुमानित खर्च रहेको छ। 
         
स्पर्धामा विजयी खेलाडीलाई नगद रु.४० हजार, आकर्षक ट्रफि, प्रमाणपत्र र गोल्डमेडल प्रदान गरिनेछ। द्वितीय स्थान प्राप्त गर्ने खेलाडीले नगद रू.२० हजार सहित सिल्भर मेडल, तृतीय हुनेले रू.१५ हजार सहित ब्रञ्ज मेडल, चौथोले रू.१० हजार, पाँचौले रु.८ हजार, छैटौं देखि दशौं हुनेले समान नगद रु. ५ – ५ हजार र प्रमाणपत्र हात पार्ने छन्। 
      
प्रतियोगितामा स्थानीय खेलाडीहरुलाई उत्प्रेरणाका स्वरुप छुट्टै नगद पुरस्कार रु. ५० हजार प्रदान गरिनेछ । नुवाकोट जिल्लावाट प्रथम स्थान प्राप्त गर्ने स्थानीय खेलाडीले नगद रु.२५ हजार, द्वितीय हुनेलाई रु.१५ हजार र तृतीयलरलाई रु.१० हजार सहित मेडल प्रादान गरिनेछ। 
     
प्रतिस्पर्धामा महिला विधा तर्फ प्रथम हुनेलाई नगद रु. ८ हजार, द्वितीय हुनेलाई नगद रु. ७ हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई नगद रु. ६ हजार प्रदान गरिनेछ। 
     
यसैगरी उत्कृष्ट नव प्रवेश खेलाडी, ५५ वर्ष माथिका सिनियर खेलाडी, रेटिङ्ग १६ सय मुनी, रेटिङ्ग १८ मुनि, युवा १६ वर्ष र युपा १८ वर्ष मुनीका विधाहरुमा क्रमश: प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई नगद रु. ३ हजार, २ हजार र १ हजार प्रदान गरिनेछ ।
      
प्रतियोगितामा प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकारका अनुसार प्रतियोगितामा नेपालका शीर्ष १०० जना राष्ट्रिय खेलाडीको सहभागी रहने जानकारी गराएका छन्।
      

पत्रकार सम्मेलनमा उपमेयर प्रभा बोगटी, पत्रकार महासंघका अध्यक्ष नवराज सुवेदी, नुवाकोट जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिजय गुरुङ, नगरपालिकाका कार्यकारी अधिकृत शुभाकर पौडेल लगायत जिल्ला संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?