सुदूरपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट दर्ता

कञ्चनपुर, माघ २१ : सुदूरपश्चिम विश्वविद्यालय विरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट दर्ता भएको छ । विश्वविद्यालय लगायत अन्य कार्यालयलाई विपक्षी बनाएर सुदुरपश्चिम विश्वविद्यालयमै कानून संकायमा अध्ययरत विद्यार्थीहरूले सोमबार रिट दर्ता गराएका हुन् ।

विद्यार्थीहरूले माध्यमिक शिक्षा (प्लस टू) पछि हुने पाँच वर्षे बि.ए. एल. एल. बी कोर्ष विश्वविद्यालय प्रशासनको लापरबाहीका कारण बढी समय व्यतीत हुने भन्दै रिट दर्ता गराएको जानकारी दिएका छन् । उनीहरूले पाँच वर्षको कोर्ष मनासिव समयमै सम्पन्न गर्न माग गर्दै मुद्दा हालेको हुन । साथै बि ए एल एल बी सातौं सेमेस्टरको यसै वर्ष कार्तिकमा हुनुपर्ने परीक्षा फागुन सम्म समेत नभएको कुरालाई जिकिर लिँदै उक्त परीक्षा फागुन १३ भित्र सम्पन्न गर्न आदेश माग समेत गरेका छन् ।

मुद्दामा सुदुरपश्चिम विश्वविद्यालय उपकुलपति ,रजिस्टार को कार्यालय, सुदुरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, विश्वविद्यालयको कानून संकायको डीन कार्यालय, सुदुरपश्चिम विश्वविद्यालय कानून संकाय बि ए एल एल बी प्रोग्राम महेन्द्रनगर तथा कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीलाई विपक्षी बनाएर मुद्दा दायर भएको छ ।

मुद्दाको बिस्तृत पृष्ठः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?