२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

उत्कृष्ट खेल पस्कदै रुपेश र सिन्दिरा अगाडि 

सन्दिप घिमिरे

हेटौंडा । नेपाल बुद्धिचाल महासंघको आयोजनामा आइतबार देखि जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत आठौं चरणको खेल सम्पन्न हुदा एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन्। 
       
२५ औं पुरुष राष्ट्रिय बुद्धिचाल खेलमा पूर्व नेपाल च्याम्पियन रुपेश जैसवालले सिएम नवीन तण्डुकालाई पराजित गर्नु पूर्व युवा पुरुषोत्तम सिलवाल सँग बराबरी  खेल खेलेका थिए। 
     
रौतहटका रुपेश जैसवालले जारी प्रतियोगितामा उत्कृष्ट २३०५ रेटिङ्ग पर्फोमेन्स खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ्ग वृद्धि गर्न सफल भएका छन्। उनले २०९३ रेटिङ्गवाट खेल प्रारम्भ गरेका थिए। 
    
हेटौंडा स्थित होटल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे ५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन्। 
       
मकवानपुरका क्षितिजले २०९१ रेटिङ्ग स्तरको खेल खेल्दै आफ्नो ६ दशमलव ५ रेटिङ्ग वृद्धि गरेका छन्। उदीयमान पुरुषोत्तमले २०९० को स्तरिय खेल खेल्दै २२ रेटिङ्ग वृद्धि गरेका छन्। वर्तमान नेपाल च्याम्पियन राजन २१३५ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ३२ दशमलव ८ रेटिङ्ग बढाउन सफल भएका छन्। 
      

अन्तिम तिन चरणको खेल बाकी हुदा सिएम शुश्रुत दहाल ५ अंक बनाउदै एकल तेस्रो स्थानमा छन्। झापाका शुश्रुतले २०४२ रेटिङ्ग पर्फोम गर्दै व्यक्तिगत ५ रेटिङ्ग वृद्धि गरेका छन्। दोलखाका आशिष् फूँयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलव ५ अंक जोडेर चौथो स्थानमा टिकेका छन्। 

     

यसैगरी दशौं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान वुमन नेशनल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरि पुन: उपाधि तर्फ बढेकी छिन्। काठमाडौंकी सिन्दिराले ६ दशमलव ५ अंक जोड्ने क्रममा पाँच जीत र तिन खेल बराबरी खेलेकी छिन्। 
      

नयाँ उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरि र काठमाडौंकी एञ्जल महर्जन दुवैले समान ६ – ६ अंक जोडेका छन्। संयुक्त दोश्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार,पाँच जीत र दुई खेल बराबर खेलेकी हुन्। यस्तै युवा एञ्जलले दुई खेलमा हार व्यहोरे भने ६ वटा खेलमा जीतको स्वाद चाखेकी छिन् ।  
        

मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जीत गर्ता गर्दै ५ दशमलव ५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएका छन् भने किर्तिपुर काठमाडौंकी बिनिता कपालीले तिन हार र पाँच खेलमा जीत हासिल गर्दै सम्भावना जगाएका छन्। 
       

महासंघका महासचिव धरम बहादुर लामाका अनुसार राष्ट्रिय प्रतियोगिताको मापदण्ड अनुसार एक खेल मात्र सञ्चालन हुने दिनमा खेलाडीलाई रिफ्रेसमेण्ट दिन हेटौंडा सहिद पार्क र मकवानपुर गढि लगायत अन्य पर्यटकीय स्थलमा भ्रमण गराइएको जानकारी गराएका छन् ।  
              

मकवानपुर जिल्ला बुद्धिचाल संघको स्थानीय रेखदेखमा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल खेलका थप दुई चरणको खेल शुक्रबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?