२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

राष्ट्रिय चेस प्रतिस्पर्धामा महिला तर्फको खेल रोचक बन्दै, पुरुष तर्फ रुपेशको अग्रता कायम 

सन्दिप घिमिरे
हेटौंडा । नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडा स्थित होटल सामनामा चौथो दिनको खेल जारी छ। 
      
नेपाल बुद्धिचाल महासंघले आयोजना गरिरहेको महिला राष्ट्रिय चेसमा काठमाडौंकी सिन्दिरा जोशी र एञ्जल महर्जनले संयुक्त पहिलो स्थान कब्जा गरेका छन्। 
     
छैटौं चरणको समाप्तिमा साबिक विजेता सिन्दारा जोशीलाई कडा टक्कर प्रस्तुत गरेकी १३वर्षीय एञ्जलले समान ५ अंकमा रहँदै रोचक अंक तालिका बनाएकी हुन्। सिन्दिराले झापाकी कृतिसारा अधिकारीसँग खेल बराबरी गर्दा एकल अग्रता कायम गर्ने मौका चुकाएकी छिन् भने एञ्जलले ताप्लेजुङकी शुशिला गुरुङलाई हराउदै स्कोर बराबरी गर्न सफल भइन। 
       
प्रतिस्पर्धामा साढे ४ अंक बनाउदै संयुक्त दोश्रो स्थान ओगट्न सफल बाँकेकी इशा गिरि र मोरङकी शान्ति धिमालले शीर्ष खेलाडीलाई पछ्याइरका छन्। खेलमा इशाले निहाना श्रेष्ठ र शान्तिले नयुमा मगरलाई पञ्छाउन सफल रहे।
     

क्रमशः झापाकी पुनम प्रसाईं र काठमाडौंकी बिनिता कपाली समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहेका छन्। छैटौं चरणको खेलमा बिनितालाई हाराएर पुनमले महत्त्वपूर्ण अंक जोडेका हुन् ।
    

एफएम रुपेश जैसवालले ६ चरणको खेलमा ५.५ अंक जोडेर आफ्नो अग्रता कायम राखेका छन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेशले पोजिसन डाउन अवस्थामा अनुभव प्रयोग गर्दै खेल उल्टाएका हुन् । 
   

दोश्रो स्थानको लागि कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष् फूँयाल र काठमाडौंका पुरुषोत्तम सिलवाल समान ४ अंक बनाएर रुपेशलाई पछ्याइ रहेका छन् । 
     
अन्य चार जना खेलाडीले साढे ३ अंक जोडेर तेस्रो स्थानलाई साझा बनाएका छने। जसमा झापाका सिएम शुश्रुत दहाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र काठमाडौंका प्रेमकृष्ण महर्जन रहेका छन् । 
      
प्रतियोगिता संयोजक महासंघका महासचिव धरम बहादुर लामाे सातौं चरणको खेल जारी रहेको जानकारी गराईका छन्। धरम बहादुर लामाले राष्ट्रिय विजेतालाई काजकिस्तानमा हुने ४६औं ओलम्पियाड, श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता र अन्य अफिसियल खेलमा महासंघले सहभागीता गराउने निर्णय सुनाएका छन् ।
     
मकवानपुर जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताका उपविजेताले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्रदान गरिनेछ भने खेल आयोजना गर्न कूल २५ लाख खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?