२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नेपाल चेस च्याम्पियनमा सुवेदीको जित दर्ता ,महिला तर्फ ईशाको उत्कृष्ट प्रदर्शन   

सन्दिप घिमिरे

हेटौडा । हेटौंडा स्थित होटल सामनामा सञ्चालन भएको चेस च्याम्पियनसिपमा वर्तमान नेपाल च्याम्पियन झापाका राजन सुवेदीले जित दर्ता गरेका छन्। २४ औं राष्ट्रिय बुद्धिचाल विजेता राजनले पहिलो चरणको खेलमा ललितपुरका टाक्टिस मास्टर सरोज महर्जन माथि टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेका छन्। 
      
महासंघले केही वर्ष देखि राष्ट्रिय च्याम्पियनसिपको फर्माटमा नेशनल सिनियर च्याम्पियनका शिर्ष तिन जना खेलाडी र नेशनल बी वाट शिर्ष ९ जना खेलाडी समावेश गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ। 
       
जस अनुसार दुबै विधाका समान १२ जना खेलाडी बिच एक अर्का सँग ११ चरणको प्रतिस्पर्धा मार्फत राष्ट्रिय बिजेता घोषणा गर्ने छन्। 
       
आज सम्पन्न पहिलो चरणको स्पर्धामा नै नेपाल द्वितीय सिएम शुश्रुत दहाल भने पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल सँग हार ब्यहोर्न पुगेका छन्। सिम्पल खेल चलिरहेको थियो , एउटा पाउन डाउन हुदा खेल रुपेशको पक्षमा गएको थियो। 
        
यस्तै नेपाल तेस्रो एफएम क्षितिज भण्डारीले आशा गरिएका युवा खेलाडी पुरुषोत्तम सिलवाललाई लामो र्‍यालि खेलमा निराश पारेका छन्। शुरुमा एउटा पाउन छोडेर खेलेका सिलवालले अन्तिममा समयको दबाब झेल्न पुगेका थिए। 
     
अर्को खेलमा काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरिका धिरेन राईलाई कठिन खेलमा हराउन सफल भएका छन्। अनुभवी खेलाडी प्रेमकृष्णले धिरेन विरुद्ध सटिक चाल चाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भएका छन्। 
      
पूर्व नेपाल च्याम्पियन एवं सिनियर खेलाडी सिएम नवीन तण्डुकारले भक्तपुरका युवा खेलाडी विनय थापालाई सहज रुपमा पराजित गरेका छन्। 
    

क्रमश: दोलखाका युवा खेलाडी आशिष् फूँयालले एफएम रिजेन्द्र राजभण्डारी विरुद्ध उत्कृष्ट खेल पस्केर पिस अप हुदै जितको स्वाद चाखेका छन्। 
     

यसरी पहिलो चरणको खेलवाट राजन सुवेदी, रुपेश जैसवाल, क्षितिज भण्डारी, प्रेमकृष्ण महर्जन, नवीन तण्डुकार र आशिष् फूँयालले समान महत्त्वपूर्ण १ अंक जोड्न सफल भएका छन्। 
        

यता महिला तर्फको खेलमा उदीयमान खेलाडी ईशा गिरिले पुनम प्रसाईं र एञ्जल महर्जनले शान्ति धिमाललाई पराजित गरेर अप्रत्याशित नतिजा निकाल्न सफल बनेका छन्। 
       

बाँकेका ईशा गिरिले झापाका पुनम प्रसाईं विरुद्ध विसप सेन्टरलाइज गर्दै महत्त्वपूर्ण स्क्वायर कभर गरि जित हासिल गर्न सफल बनेकी थिईन। काठमाडौंका एञ्जेलले भने ओलम्पियाड खेलाडी शान्ति धिमाललाई एक्सिलेण्ट मुभ चालि हराएका छन्। 
      
त्यसैगरी वर्तमान नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठ माथि सहज जित प्राप्त गरेका छन्। झापाका कृतिसारा अधिकारीले पनि नयुमा मगरलाई सहज पराजित गरेकी छिन्। 
     
ताप्लेजुङका शुशिला गुरुङले चितवनका लक्ष्मी कँडेललाई र बिनिता कपालीले दानिशा पुरीलाई हारको उपहार दिएका छन्। 
      

यस सँगै ईशा गरि, एञ्जल महर्जन, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, शुशिला गुरुङ र बिनिता कपालीले एक एक अंक जोडेर प्रतियोगितामा राम्रो शुरुआत गरेका छन्। 
        
प्रतियोगिताका संयोजक महासंघका महासचिव धरम बहादुर लामाले प्रतियोगिताको दोस्रो दिन थप दुई चरणको खेल हुने जानकारी गराएका छन्। धरम लामाका अनुसार प्रतियोगिता सञ्चालन गर्न २५ लाख खर्च हुने र सो खर्च बाग्मती प्रदेश खेलकुद बिकास परिषद , राष्ट्रिय खेलकुद परिषद, हेटौंडा उपनगरपालिका लगायतका स्थानवाट रकम संकलन गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?