२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नक्कली प्रहरी बनेर धक्याउनेहरूको बिगबिगी

काठमाडौं । नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिनेक्रम बढेको नेपाल प्रहरीले जनाएको छ । संगठनकै दुरुपयोग गरेर केही व्यक्तिले धम्क्याउने गरेको जनगुनासो आएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

बताइएअनुसार प्रहरीका विभिन्न कार्यालय र वरिष्ठ अधिकारीहरूकै नाम र दर्जा प्रयोग गरेर धम्की आउने गरेको गुनासो बढेको छ । ती व्यक्तिहरुले प्रहरीको नामबाट नागरिकहरूलाई चेतावनीसहित इमेलबाट धम्क्याउने गरेको पाइएको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले प्राप्त इमेलहरुको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी प्रधान कार्यालयले एक अपिल जारी गर्दै त्यस्ता धम्कीपूर्ण इमेल आएमा कुनै प्रतिक्रिया नदिन र विश्वास नगर्न आग्रह गरेको छ । साथै, त्यस्ता इमेलकाबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गरिदिनसमेत प्रधान कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?