२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा 

सन्दिप घिमिरे

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर कार्यक्रम अन्तर्गत २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने महासंघका प्रवक्ता राजु ताम्राकारले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। 
      

नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन हुने उक्त राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मकवानपुरको हेटौंडा स्थित तारे होटल सामनामा हुने ताम्राकारले वताएका छन्। महासंघले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न संयोजकको जिम्मा महासचिव धरम बहादुर लामालाई प्रदान गरिएको छ। 
    

प्रतियोगितामा दुबै विधा तर्फ नै पूर्व निर्धारित फर्म्याट अनुसार सिनियर नेशनल च्याम्पियनका शिर्ष ३ खेलाडी र नेशनल बी वाट छनौट भएका उत्कृष्ट ९ खेलाडी बिच जम्मा ११ चरणको खेल प्रतिस्पर्धा हुनेछ। 
     

जसमा पुरुष तर्फ नेपाल च्याम्पियन, दोश्रो अनि तेस्रो राजन सुवेदी, शुश्रुत दहाल, क्षितिज भण्डारी सहित नेशनल बी वाट छनौट भएका पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, एफएम रुपेश जैसवाल, विनय थापा, सुरोज महर्जन, धिरेन राई, सिएम नवीन तण्डुकार र एफएम रिजेन्द्र राजभण्डारी खेल्नेछन्।
      

यसैगरी महिला तर्फ नेशनल वोमन शीर्ष तिन सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी सहित बिनिता कपाली, लक्ष्मी कँडेल, इशा गिरि, शान्ति धिमाल, दानिशा पुरी, शुशीला गुरुङ, पुनम प्रसाईं र एञ्जल महर्जन बिच स्पर्धा हुने भएको छ। 
       

महासंघको सचिवालय बैठकले राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनका लागि समन्वय विभाग प्रमुख सुशील चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ। यस्तै मकवानपुर जिल्ला बुद्धिचाल संघलाई स्थानीय व्यवस्थापनको अवसर प्रदान गरिएको छ। 
    

यस्तै राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न अन्तर्राष्ट्रिय आर्विटर यज्ञप्रसाद पन्तलाई प्रमुख निर्णायकको जिम्मेवारी प्रदान गरिएको छ भने फिडे आर्विटर सोराज ताम्राकार, एफए मिशन दहाल, एफए सन्दिप धिमिरे र एनए रमिला पोखरेलको टिम रहने भएको छ। 
        

नेपाल बुद्धिचाल महासंघले २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित खर्च २४ लाख ५० हजार हुने समेत अवगत गराएका छन्। बाग्मती खेलकुद बिकास परिषद् तथा स्थानीय तह सँगको सहकार्यमा लागत रकम जम्मा गर्ने बताइएको प्रतिस्पर्धामा विजेता खेलाडीलाई आगामी वर्ष  काजकिस्तानमा हुने चेस ओलम्पियाडमा सहभागी गराइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?