भदौँमा महाकाली पुलको तटबन्ध भत्कियो, माघमा मन्त्रीद्वय दाहाल, लेखकद्वारा अनुगमन

कञ्चनपुर, ५ माघ : गत भदौँ महाकाली नदीमा आएको वाढीले कञ्चनपुर स्थित निर्माणाधिन चारलेन महाकाली पुलको तटबन्ध भत्कियो । महाकाली नदीमा ४लाख ६१ हजार क्युसेक पानीको बहावले ३सय मिटर तटबन्ध भत्काउनुका साथै भुजेला खोला महाकालीमा ठोक्किएर गाँउ उल्टिएपछि भीनपा ११, १२ र १३ वडाका दर्जनौँ गाँउबस्ती डुवानमा परेका थिए ।
भत्किएको तटबन्ध समयमै पुर्ननिर्माणको स्थानीयले असोजदेखि नै माग अघि सार्दै आएका थिए । तर पुष मसान्तसम्ममा पनि पुर्ननिर्माण कार्य अघि बढ्ने । माघ पहिलो साता शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, गृहमन्त्री रमेश लेखक सहितका संघीय सरकारका मन्त्री, प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, सभा सदस्यत्रय प्रकास रावल, बेल ब. राना, मधु भारती, भीमदत्त नगरपालिका स्थानीय सरकार प्रमुख पदम बोगटी सहितका तीनै तहका सरकार, जनप्रतिनिधीले स्थलगत अनुगमन गरेका छन ।

तटबन्ध भत्किएपछि पहिलो पटक चासोका साथ विभागिय मन्त्री दाहाल, निर्वाचन क्षेत्र समेत रहेका गृहमन्त्री रमेश लेखक सहितका मन्त्री सरोकारवालासंग महाकाली पुल आयोजना प्रमुख ईन्जिनियर विवशबाबु सदादेवले भेरिएसन ४ स्वीकृत नहुँदा काम अघि बढ्न नसकेको बताए । उनले योजना कार्यालयबाट भेरिएसन स्वीकृतका लागि फाईल पठाएपनि मन्त्रालयमा थन्किएकाले कामकाज अघि बढ्न नसकेको बताए ।

स्थानीयले समयमै भत्किएको तटबन्ध पुर्ननिर्माण र भुजेला खोला नियन्त्रण नभए आफुहरु थप यस बर्षपनि जोखिममा पर्ने तर्फ मन्त्रीद्वय दाहाल, लेखक सहितका अधिकारीको ध्यानाकर्षण गराएका छन । स्थानीय अगुवा कृष्ण सिह देउवाले पटक पटक तीनै तहका सरकार एव सम्बन्धीत कार्यालयमा जानकारी गराउँदा समेत अहिलेसम्म कुनै सुनुवाई नभएको दुखेसो पोखे । ‘यो तटबन्ध भत्किएको चार महिना बढि भईसक्यो, तर हामीले वास्ता पनि गरेनौँ, बर्षातका बेला सिङ्गै महाकाली भुजेला खोलामा उल्टिन्छ, ‘उनले भने, ‘सिङ्गो नदी नै गाँउ पस्दा हामीहरु विपद्मा पछौँ, यो भुजेला खोलाको निकास नभए यस बर्षपनि हामी विपद्मै पर्ने देखिए, यसर्थ समयमै निकाय नभए हामीहरु योजना कार्यालयमा तालाबन्दी गर्न बाध्य हुनेछौँ ।’
भीनपा ११का वडाध्यक्ष प्रकास थापाले भुजेला खोलाको मुहानैदेखि निकास अपरिहार्य रहेको बताए । वडाध्यक्ष थापाले भुजेला खोला महाकाली नदीकै समानान्तर हिसाबले बगाउनुपर्ने बताए । १२ का वडाध्यक्ष भुपेन्द्र रावलले बर्षात आउँन ५ महिना मात्रै बाँकी रहदा अब चैत्रभित्रै काम शुचारु हुनुपर्ने बताए ।

१३ वडाध्यक्ष राम बहादुर बोहरा (भक्कास)ले अनुगमनका नाममा अनुगमन नभई काम गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारमन्त्री दाहाललाई शिघ्र तटबन्ध निर्माणदेखि भुजेला खोला निकास र गृहमन्त्रीलाई चौकी निर्माणको लिखितै निवेदन दिएका छन । सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले समेत भौतिक मन्त्री दाहाल समक्ष समयमै तटबन्ध पुर्ननिर्माण नभए पहुँचमार्गमा समेत क्षति पुग्ने र अहिलेसम्मको उपलब्धी गुम्ने ध्यार्नाकर्षण गराउँदै बाँकी काम समयमै सक्न समेत अनुरोध गरेका छन ।

गृहमन्त्री रमेश लेखकले समेत भौतिकमन्त्री दाहाललाई विपद्को गर्भिरता बुझेर बर्षात अवागै कामकाज अघि बढाईदिन आग्रह गरेका छन । स्थानीयका माग सुनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अध्ययन गरेर मन्त्रालयले भत्किएको तटबन्धदेखिका कामकाज अघि बढाउने आश्वासन दिएका छन । विभागिय मन्त्री दाहालदेखि पालिका, प्रदेश, केन्द्रीय जनप्रतिनिधी सरकारका प्रतिनिधीले अनुगमन गरेसंगै स्थानीय समेत अहिले आशावादी देखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?