काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी का अनुसार बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।
नेता प्रकाण्ड सीले सहिद दिवसको अवसर पारेर यहि माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट भब्य कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए । उनले बिगतमा समाजवादी मोर्चाको गति मन्द भएको भएको समिक्षा गर्दै आगामी दिनमा त्यस्तो कार्य दोहोरिन नदिने प्रतिवद्धता भएकोसमेत जानकारी दिए ।