भक्तपुर । प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति भक्तपुरमा मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ ।
शनिबार सूर्यविनायकमा सम्पन्न तेस्रो अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
७ सदस्यीय पदाधिकारीमा निराजन सिलवाल र रत्नकाजी प्रजापति उपाध्यक्ष,प्रदीप श्रेष्ठ सचिव,निसा कुस्मा र अमृता बुढाथोकी सहसचिव तथा बाबुराम दाहाल कोषाध्यक्ष रहेका छन् ।
अधिवेशनबाट रोशन क्षेत्री र रुपक ढुङ्गाना लगायत केन्द्रीय प्रतिनिधि त्यसैगरी बाबुकाजी श्रेष्ठ र सुरेश श्रेष्ठ लगायतलाई प्रदेश प्रतिनिधि चयन भएका छन् ।














