३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

हेटौंडाका कृष्ण थापाले जिते टोखा र्‍यापिड चेस उपाधि 

सन्दिप घिमिरे

काठमाडौं । टोखा युथ क्लबले आयोजना गरेको तेस्रो टोखा फिडे र्‍यापिड रेटिङ्ग चेस प्रतियोगितामा हेटौंडाका सिएम कृष्ण थापाले उपाधि जितेका छन् । 
       
भारत र नेपालका गरि १ सय १२ जना खेलाडी सहभागी रहेको प्रतिस्पर्धामा सिएम कृष्ण थापाले अन्तिम चरण बराबरी खेल्दै ७ दशमलब ५ अंक टाइब्रेकका आधारमा विजेता बनेका हुन्। उनले आकर्षक ट्रफि, गोल्ड मेडल सहित नगद रु.१५ हजार पुरस्कार प्राप्त गरेका छन्। 
            

भक्तपुरका निकेन कुसाथाले समान ७.५ अंक जोडेर दोश्रो स्थान ओगट्न सफल भए। निकेनले ट्रफि, शिल्भर मेडल र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। माउण्ट एभरेष्ट चेस क्लबका धिरेन राई तेस्रो हुँदै  ट्रफि , ब्रञ्ज मेडल र नगद ६ हजार पुरस्कार हात पार्न सफल भएका छन्। 
          

शिर्ष दशौं स्थान सम्म प्राप्त गरेका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएकोमा झापाका वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी, सर्लाहीका कमल श्रेष्ठ, काठमाडौंका सिएम नवीन तण्डुकार, मोरङका उमेश राई, शंखरापुरका सन्देश श्रेष्ठ समान ७ अंक बनाउदै क्रमशः आठौं स्थानमा रहन पुगे।
        

 ६ .५ अंकमा ललितपुरका बद्रीलाल नेपाली नवौं तथा राजन पुरी दशौं स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेका छन्। अन्य ११ विधा मध्ये बेष्ट लोकल अष्टनारायण लवट, वेष्ट टोखा यु१६ छात्र अर्जुन परियार , छात्रा निरुता परियारि, सिनियर ५५ वर्षमा सिएम भगवती प्रसाद शर्मा, अनरेटेड रजिन महर्जन उत्कृष्ट छानिएका छन्। 
           

यस्तै रेटिङ १९ सय मुनि दोलखाका राजीव कार्की, १८ सय मुनि सुरज सिंह, १७ सय मुनि भारतका राजन राजीव उत्कृष्ट बने। नितेन मेमोरियल विद्यालयकी निलम कोइराला उत्कृष्ट महिला, वनस्थलीका मदन दहाल यु१६, अनामनगरका दिपन मैनाली यु१४ उत्कृष्ट बन्दै नगद पुरस्कार जितेका छन्। 
          

क्लबका अध्यक्ष राजीव श्रेष्ठको सभापतित्वमा सम्पन्न पुरस्कार वितरणका प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले विजेता खेलाडीहरुलाई पुरस्कृत गरेका छन्। साथै नगर प्रमुखले मन्तब्यका क्रममा बुद्धिचाल खेललाई पाठ्यक्रममा राखिनु पर्ने धारणा ब्यक्त गरेका छन्।
         

समापन समारोहमा सल्लाहकार रणबहादुर डंगोल, रामराज श्रेष्ठ, टोखा वडा नं. ३ का अध्यक्ष रमेश डंगोल, शिक्षा तथा युवा शाखा प्रमुख बाबुराम गौतम, अधिकृत खगेन्द्र सिं धामी, सहकारी प्रतिनिधि शान्ति श्रेष्ठ, प्रमुख निर्णायक आईए ज्ञानेन्द्र खाईजू , यज्ञप्रसाद पन्त, एफए सोराज ताम्राकार, एनए असुन राजकर्णीकार लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?