२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

ललितपुरका सजिन महर्जनले जिते बिलम लाल स्मृति चेस उपाधि 

सन्दिप घिमिरे

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा दुई दिने राष्ट्रब्यापी फिडे र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता ललितपुर स्थित तुल्सीलाल प्रतिष्ठानमा सम्पन्न भएको छ । 
         

पूर्व नेपाल च्याम्पियन फिडे मास्टर बिलम लाल श्रेष्ठको स्मृतिमा सञ्चालन भएको प्रतियोगितामा ललितपुर निवासी सिएम सजिन महर्जनले उत्कृष्ट खेल प्रदर्शन गरि विजयी बन्न सफल भएका छन् ।
       

प्रतिस्पर्धामा १२२ जना सहभागी राष्ट्रिय खेलाडी मध्ये सजिनले ९ चरणको खेलमा ७.५ अंक हासिल गर्दै विजय भएका छन्। सजिनले आकर्षक ट्रफि सहित, मेडल,प्रमाणपत्र र नगद रु. २५ हजार पुरस्कार प्राप्त गरेका छन्। 
        

समान ७.५ अंक जोडेका एफएम क्षितिज भण्डारी टाइब्रेकरका आधारमा दोश्रो स्थानमा रहन पुगे। काभ्रेका एफएम भण्डारीले ट्रफि, मेडल, प्रमाणपत्र र नगद रु. १५ हजार हात गरेका छन्। यसैगरी ७ अंक बनाएर पाँचथरका रिशोन थापा तृतीय स्थान प्राप्त गरेका छन्। युवा रिशोनले ट्रफी सहित नगद रू. १० हजार जितेका छन्। 
           

प्रतियोगितामा समान ७ अंक बनाएर पेभेलियन चेस एकेडेमीका सिएम शुश्रुत दहाल चौथो हुँदै नगद ८ हजार , भक्तपुरका गणेशमान दुवाल पाँचौ हुँदै नगद ७ हजार पुरस्कार ग्रहण गरेका छन्। 
            

यस्तै समान ६.५ अंक जोडेर रुपेश बहादुर रामचन्द्र छैटौं, काठमाडौंका पुरुषोत्तम सिलवाल सातौं, सिएम केशव श्रेष्ठ आठौं, बद्रीलाल नेपाली नवौं र देवराज दशौं स्थान ओगट्दै जनही ५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल बने।
            

स्पर्धामा बद्रीलाल नेपाली, सुरोज महर्जन, सानुराजा बज्राचार्य क्रमशः उत्कृष्ट ललितपुर बने। अनरेटेड तर्फ सत्वीक तुलाधर, रजिन महर्जन, सोनु गुरुङ उत्कृष्ट रहे। यस्तै महिला विधा तर्फ सिन्दिरा जोशी, पूजा भण्डारी, बिनिता कपाली उत्कृष्ट रहे। 
          

प्रतियोगिता भरि रेटेड १९ सय मुनि मुहान नरसिंह श्रेष्ठ, १८ मुनि सुशील सुवेदी, १७ मुनि सुशील राउट, १६ सय मुनि पीयूष कुमार मिश्र, १५ मुनि विभव जोशी उत्कृष्ट बने। 
            

यस्तै युवा १६ सम्यक श्रेष्ठ, हर्ष बर्धन राठी, युवा १४ कशिभ कार्की, सार्थक पन्त उत्कृष्ट बने भने युवा १२ मुनि अविन पाण्डे, कैभल्या पन्त उत्कृष्ट बने। सिनियर ५५ वर्ष भुवनेश्वर चौधरी र ६० वर्षमा नवीन तण्डुकार उत्कृष्ट बन्दै पुरस्कार गर्हण गरेका छन्। 
           

ललितपुर स्पोर्ट्स क्लबले समापन समारोहको अवसर पारेर बुद्धिचाल खेलको समाचार संप्रेषण कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार प्रजित शाक्य, मेरोखेल डट कमका पत्रकार सुश्री लक्ष्मी शाक्यलाई नगद पाँच हजार सहित प्रशंसा पत्र प्रदान गरिएको छ। 
              

यस सँगै वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी र फेटो पत्रकार एवं खेलाडी राजेन्द्र बज्राचार्य (आर) लाई पनि बुद्धिचाल खेलमा अतुलनीय योगदान पुर्‍याउन मद्दत गरे बापत प्रशंसा पत्र सहित नगद पाँच हजार प्रदान गरि सम्मान गरेका छन। 
             

कार्यक्रममा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संघिय सांसद अनुगमन तथा मूल्याङ्कन समितिका सभापति मा. श्री ठाकुर प्रसाद गैरेले सम्मान प्राप्त गर्ने विशिष्ट ब्यक्तिहरु लाई प्रशंसा पत्र तथा विजेता खेलाडीहरु लाई पुरस्कार वितरण गरेका छन्। 
               

कूल नगद पुरस्कार राशी रु. १ लाख ५७ हजार हस्तान्तरण गरेको समारोहमा अध्यक्ष हेराकाजी महर्जन, स्व. बिलम लाल श्रेष्ठका धर्मपत्नी अञ्जनी श्रेष्ठ, बरिष्ठ खेल पत्रकार श्री बिक्रम भण्डारी, कोषाध्यक्ष तारा बहादुर रानाभाट, जिल्ला संघ सचिव बिक्रम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?