हत्या भएको अवस्थामा बाबु-छोराको शव फेला

भक्तपुर । हत्या भएको अवस्थामा बाबु-छोराको शव फेला परेको छ । बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै साेमबार बिहान उनीहरुको शव फेला परेको हो।

खोटाङ घर भएका बुबा-छोराको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्।

मृतक दुवैकाे शरीरमा चोट देखिएको छ। अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारी दिए।

उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?