बेलौरीका विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

कञ्चनपुर, मंसिर २२ : कञ्चनपुरको बेलौरीका विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको छ । स्थानीय बेलौरी नगरपालिका सरकारले विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको हो ।

प्राविधिक शिक्षामा गरिब, विपन्न समुदायका विद्यार्थीको पहुँच बृद्धिका लागि तालिम संचालन गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । शनिबारदेखि कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको हो ।
बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले तालिमको उद्घाटन गर्दै विपन्न समुदायका विद्यार्थीका लागि निःशुल्क तालिम संचालन गर्न लागिएको बताए ।

मेयर चौधरीका अनुसार कमलहरी, शहिद तथा वेपत्ता परिवार,आरक्षपीडित, आदिवासी जनजाती, दलित गरिब, जेहेन्दार तथा अति विपन्न विद्यार्थीका लागि तालिम दुई कोर्षमा तालिम संचालन गरिएको बताए । मेयर चौधरीले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक ज्ञानमा प्रंयोग गर्दै अघि बढ्नुपर्नेमा जोडदिए ।
५० विद्यार्थीलाई उक्त कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको मेयर चौधरीले बताए । यस अघि पनि बेलौरी नगरपालिकाले गरिब, विपन्न समुदायका विपन्न विद्यार्थीका लागि छात्रबृतिदेखिका सीपमुलक तालिम संचालन गर्दै आएको छ । उद्घाटन कार्यक्रममा बेलौरीका मेयर पोतिलाल चौधरी, ४ का वडाध्यक्ष अर्जुन ढकाल सहितका जनप्रतिनिधी, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो । निःशुल्क तालिम पाएपछि बेलौरीका विपन्न समुदायका विद्यार्थी हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?