२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

चेस च्याम्पियनसिपको तेस्रो दिन पुरुषोत्तम , आशिष् , बिनिताकाे अग्रता 

भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शुरु भएको नेशनल ‘बी’ चेस च्याम्पियनसिप प्रतियोगिताको तेस्रो दिन ६ चरणको खेल सम्पन्न भएको । 
          

सूर्य विनायक नगरपालिका,भक्तपुरको प्रमुख प्रायोजनमा चलिरहेको चेस प्रतिस्पर्धामा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र दोलखाका आशिष् फूँयालले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन्। 
            

यसअघि पाँचौ चरणमा एफएम रुपेश जैसवाल सँग बराबरी खेलेका उदीयमान पुरुषोत्तम सिलवालले ललितपुरका सुरोज महर्जनलाई कठिन खेलमा पञ्छाउन सफल भएका छन् । 
           

खुल्ला तर्फ मकवानपुरका सिएक मिलन लामा, रौतहटका एफएम रुपेश जैसवाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका निकेा कुसाथाले समान ४.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्। 
               

सिएम मिलनले भक्तपुरका राजेश कक्षपतिलाई हारको स्वाद चाखाए भने एफएम रुपेश सँग बराबरी खेलेका छन्। रुपेशले यसअघिको खेलमा पुरुषोत्तम सँग पनि बराबरी नै खेलेका थिए। एफएम रिजेन्द्रले आशिष् सँग हारेर अर्को खेलमा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारलाई पराजित गरेका छन्। निकेनले धनुषाका सुशील चौधरीलाई पखा लगाउदै आशिष् सँग बराबरी गरेका छन्। 

                

२५ औं राष्ट्रिय प्रतियोगिता छनौट हुने क्रममा छ जना पुरुष खेलाडीले ४ अंक बनाउदै सम्भावना जगाइरहेका छन्। ९ जना खेलाडी छनौट हुने स्पर्धामा काठमाडौंका सुरज सिंह, ललितपुरका सुरज महर्जन, धनुषाका सुशील चौधरी, शुशन आचार्य, काठमाडौंका प्रेमकृष्ण महर्जन र सिएम पुरुषोत्तम चौलागाईं रहेका छन्। 
         

बाचामारी स्थित होटल सिटि गाउँमा चलेको महिला तर्फ किर्तिपुरकी बिनिता कपालि ५.५ अंक जोडेर एकल अग्रता बनाउन सफल भएकी छिन्। उनले पाँचौ चरणमा काठमाडौंका रिया श्रेष्ठ र छैटौं चरणमा दानिशा पुरिमाथि जीत दर्ता गर्दै अपराजित रहे।


यसैगरी चितवनकी लक्ष्मी कँडेल ५ अंकका साथ दोश्रो स्थानमा उभिएकी छिन्। उनले आज बाँकेकी ईशा गिरि र झापाकी पुनम प्रसाईंलाई पराजित गरेकि थिईन। लक्ष्मी सँग हारेकी ईशाले

पर्साकी शुशीला गुरुङ विरुद्ध जीत प्राप्त गर्की छिन्। 
बुद्धिचाल प्रतिस्पर्धामा अब्बल विधा क्लासिकल १ घण्टा ३० मिनेट र ३० सेकेण्ड इन्क्रिजमेण्ट स्टाण्डर्ड खेल हो। भोलि महिला तर्फ अन्तिम खेल हुनेछ भने खुल्ला तर्फ बिहान ९ बजे सातौं र आठौं चरणको खेल दिउँसो ३ बजे सञ्चालन  हुनेछ। प्रतियोगितामा ४० पुरुष र १८ महिला राष्ट्रिय खेलाडी सहभागी रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?