४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

नेपाली चेस खेलाडी सिंगापुर प्रस्थान 

काठमाडौं । मंसिर १४ देखि २२ गतेसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुर प्रस्थान गरेका छन् । 

२४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता राजन सुवेदी र नेपाल तृतीय सुश्रुत दहाललाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । 

प्रतिष्ठित सिंगापुर ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका दुई खेलाडी सहित आयोजक राष्ट्र सिंगापुर, अमेरिका, भारत, चीन, स्पेन, उज्वेकिस्तान, युएई, फिलिपिन्स, जर्जिया लगायतका ६० भन्दा बढी उच्च ग्राण्ड मास्टर्सहरुको सहभागीता रहनेछन् ।

 

भिसाको कारण नेपालले ४५ औं  चेस ओलम्पियाडमा  सहभागी हुन नपाए पछि खेलाडीको मनोवल उच्च राख्न नेपाल बुद्धिचाल महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतीस्पर्धामा पुरुषतर्फ राजन सुवेदी, फिडे मास्टर क्षितिज भण्डारी, शुश्रुत दाहाल र रुपेश जैसवाललाई सहभागी गराउने निर्णय गरेको थियो ।

यसैगरी महिला खेलाडीहरु सिन्दिरा जोशी , कृतिसारा अधिकारी , शान्ति धिमाल, पूजा भण्डारी र रीया श्रेष्ठले पनि कुनै न कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालवाट सहभागी हुने शीर्ष खेलाडीहरुलाई आवास, हवाई खर्च लगायत लाग्ने खर्च वर्ल्ड चेस फेडेरेशनको सहयोगमा नेपाल बुद्धिचाल महासंघले व्यहोरिने कार्य सम्पादन सदस्य राजु ताम्राकारले जानकारी गराएका छन् । 

यसैबीच विश्व बुद्धिचाल महासंघको क्यालेण्डर प्रतियोगिता वर्ड च्याम्पियनसिप २५ नोभेम्बर देखि सिंगापुरमा चलिरहेको छ । विश्व विजेता चाईनाका २७२८ रेटेट सुपर ग्रायण्ड मास्टर डिङ्ग लिरेनलाई भारतका २७८३ रेटेड सुपर ग्रायण्ड मास्टर गुकेश डोमाराजुले च्यालेञ्ज गरिरहेका छन् ।

तिन चरणको वर्ल्ड च्यालेञ्जमा एक एक जित र एक एक बराबरी खेल्दै दुबैले १.५ अंक बनाउन सफल भएका छन् । कूल १४ खेलमा प्रतिस्पर्धा गर्दै प्रथम ७.५ अंक जोड्ने खेलाडीले विश्व च्याम्पियन बन्ने सौभाग्य प्राप्त गर्ने छन् । नेपाली दुई खेलाडीले प्रत्यक्ष रुपमा उक्त खेलको अवलोकन पनि गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?