१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

प्यालेस्टाइनको समर्थनमा काठमाडौँमा आन्दोलन

काठमाडौं । शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्यालेस्टाइनको स्वतन्त्रताको समर्थनमा शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिएको थियो । उक्त आन्दोलन नागरिक समाज र सम्पूर्ण वामपन्थीहरुको संयुक्त आयोजनामा गरिएको थियो ।

कार्यक्रमका आयोजकहरूको भनाई अनुसार सो आन्दोलन प्यालेस्टाइनका नागरिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्न र नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टाइनको मुद्दामा सक्रिय भूमिका खेल्न प्रेरित गर्न गरिएको हो ।

अमेरिकाकाे र इजरायलकाे विरुद्धमा तथा प्यालेस्टाइनकाे समर्थनमा गरिएको सो नेपाली आन्दोलनकाे विषयमा वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल ‘अाहुती’ले “यसलाई प्यालेस्टिनी जनताको स्वतन्त्रता र अधिकारको समर्थनमा उठेको ऐतिहासिक जनजागरण भएको बताएका थिए ।” उनले यो कार्यक्रमले अन्तर्राष्ट्रिय न्याय, समानता र मानव अधिकारको पक्षमा नेपालबाट आवाज उठाएको महत्वपूर्ण क्षण भएको र यसले समाजवादी विचारधाराका पक्षधरहरूलाई थप प्रेरणा दिएको उल्लेख गर्दै प्यालेस्टाइनी जनताले मानवीय मर्यादा र न्यायपूर्ण राष्ट्रिय अस्तित्वका निम्ति दशकदेखि गर्दै आएको मागको समुचित सुनुवाई नहुँदा अतिवादी समूहहरु सक्रिय हुदैँ गएको उल्लेख गर्दै उनले इजरायलले विश्व शक्तिहरुको आडमा गाजा शहरमा आक्रमण गरेको र त्यसले पश्चिम एसियामै युद्धको स्थिति कायम राखेको दावी समेत गरेका थिए ।

अमेरिकाले धर्मको नाममा मानवधिकार लाई हतियार बनाई संसारका धेरै देशहरूमा नरसंहार मच्चाइरहेको चर्चा गर्दै कार्यक्रम संयोजक तथा नागरिक समाजका अगुवा श्याम श्रेष्ठले अमेरिकाको साम्राज्यवादी चरित्र उदाङ्गो भईसकेको जिकिर गर्दै संसारका प्रगतिशिल बामपन्थीहरुले साम्राज्यवादी नाइके अमेरिकालाई घुँडा टेकाउनु पर्ने बताए । इजरायलले प्यालेन्टाइनी जनताको देशभक्तिपूर्ण भावना कुण्ठित पार्न लगातार गरिरहेको नरसंहारमा हालसम्म १ लाख ५० हजार भन्दा बढी प्यालेस्टाइ‌नी जनताको हत्या भईसकेको अवस्थामा अव अब चुप लागेर बस्न नहुने बताएका थिए ।


आन्दोलनमा सहभागी भएका एक बक्ताले भने, “हामीलाई थाहा छ, प्यालेस्टाइनको समस्या केवल उनीहरूको होइन, यो सम्पूर्ण मानवताको मुद्दा हो । हाम्रा साना प्रयासहरूले ठूला परिवर्तन ल्याउन सक्छन् । “हाम्रो यो आन्दोलनले नेपालबाट पनि अन्तर्राष्ट्रिय स्तरमा अवश्य पनि सन्देश दिने छ हामी अन्याय सहँदैनौं र पीडितहरूको पक्षमा छौं ।”

आयोजकहरूले भने, “हामी विश्व शान्ति चाहन्छौं । प्यालेस्टाइनमा जारी हिंसा र अन्यायलाई रोक्न अब सबैले चुप बस्न मिल्दैन । नेपाल जस्तो शान्ति र अहिंसाको सन्देश फैलाउने देशले यसमा आफ्नो भूमिका खेल्नुपर्छ ।” विभिन्न राजनीतिक दल,मानव अधिकारकर्मी,विद्यार्थी समूह, र आम नागरिकहरूको उपस्थिति रहेको उक्त आन्दोलनले प्यालेस्टाइनमाथि भइरहेको हिंसाको कडा विरोध गर्दै त्यहाँका जनताको स्वतन्त्रता र आत्मनिर्णयको अधिकारको पक्षमा आवाज उठाएका थिए ।

आन्दोलनमा सहभागीहरूले मार्च पास गर्दै प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरुन्त घोषणा गर, युद्धका व्यापारीहरु मुर्दाबाद, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइदैँन्, प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक भन्दै नारा पनि लगाएका थिए ।

“Free Palestine”, “Stop the Genocide”, लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । उनीहरूले प्यालेस्टाइनमा भइरहेको मानवीय संकटका विषयमा अन्तर्राष्ट्रिय समुदायको मौनताको आलोचना गर्दै त्यसको अन्त्यको माग समेत गरेका छन् ।

आन्दोलनमा केवल भाषण र नाराबाजी मात्रै नभई प्यालेस्टाइनका झन्डाहरू, पोस्टर कला, र सांस्कृतिक नृत्यहरूको माध्यमबाट त्यहाँका जनताको संघर्ष र पीडाको झल्कोसमेत प्रस्तुत गरिएको थियो ।


सो शान्तिपूर्ण आन्दोलनले नेपालमा जनताको चेतना र अन्तर्राष्ट्रिय अन्यायप्रति सहानुभूतिको प्रमाण प्रस्तुत गरेको र प्यालेस्टाइनका लागि यस्ता अभियानहरूले विश्वभरका नागरिकहरूलाई न्यायका लागि एकताबद्ध हुन प्रेरित गर्ने अपेक्षा उक्त आन्दोलनका वक्ताहरुको रहेको छ ।

आन्दोलनको अन्त्यमा सम्पूर्ण सहभागीहरूले मैनबत्ती बाल्दै प्यालेस्टाइनका निर्दोष नागरिकहरूको सम्झनामा श्रद्धाञ्जलि अर्पण समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?