२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले आज शोक बिदा दिने

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो २ बजे काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २०४८ सालको प्रतिनिधि सभामा सभामुख रहेका ढुंगानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

सरकारले ढुंगानाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ । पूर्वसभामुख ढुंगानाको आजै अन्त्येष्टि गरिँदैछ। उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चारमन्त्री गुरूङले जानकारी दिए ।

अन्त्यष्टिअघि उनको पार्थिव शरीर सानो गौचरणमा राखिनेछ। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ सरकारी अधिकारी,विभिन्न राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?