२ पुस २०८२, बुधबार
२ पुस २०८२, बुधबार

नेपालले अफगानिस्तानलाई २–० ले पराजित गर्दै ऐतिहासिक जित

१ मंसिर,काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले हराएको छ।

ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपाललाई जित दिलाउन मनीष डाँगी र रोहित चन्दले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो। दोस्रो हाफमा प्रशिक्षक नवीन न्यौपानेले रन्दीप पौडेललाई डेब्यु गराएका थिए।

मनीषले खेलको ४६औँ मिनेटमा अग्रता दिलाए। रोहितले खेलको ७८औँ मिनेटमा दोस्रो गोल गरेका हुन्। रोहितको यो राष्ट्रको लागि पहिलो गोल हो।

नेपालले ११ वर्षपछि अफगानिस्तानसँग प्रतिस्पर्धा गरेको हो। सन् २०१३ मा नेपाल दशरथ रंगशालामै अफगानिस्तानसँग साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको थियो।

नेपाल पहिलो खेलमा ताजकिस्तानसँग ४–० ले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?