३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौँ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ ।

काठमाडौँवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरेका छन् ।

काठमाडौँका थापाथली,गौरीघाट,कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिएको हो । त्यस्तै, बागमती किनारमा भेला भएका ब्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ्य दिए । छठका ब्रतालुले बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

ब्रतालुहरू कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाका लागि गर्छन् ।

छठ पूजाले सन्तान प्राप्ति हुने धार्मिक विश्वाससमेत व्याप्त छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको बताइन्छ । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?