१६ को शव भेटियो , दर्जनौँ बेपत्ता

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तीव्र पारिएको छ। उद्धारका लागि नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ गरी कुल १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। हवाई साधनमार्फत हालसम्म ९७ जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

बाढीका कारण हालसम्म १६ जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानबाट यी शवहरू संकलन गरिएका हुन्। यस्तै, टिमुरे बजार क्षेत्रबाट ३२ जना सुरक्षाकर्मी (नेपाल प्रहरी र सशस्त्र प्रहरी) सहित दर्जनौँ स्थानीय नागरिकहरू अझै बेपत्ता रहेकाले खोजी कार्य जारी राखिएको छ।

उद्धार गरिएका घाइतेहरूको उपचारका लागि वीरेन्द्र अस्पतालको मेडिकल टोलीले त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। विपद् व्यवस्थापनका लागि फिल्ड अस्पतालको सेटसहित आवश्यक मेडिकल सामग्री, औषधि र उपकरणहरू त्रिशूलीतर्फ पठाइएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजीका साथै अन्य मानवीय सहायता उपलब्ध गराउने काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि कुटपिट : आक्रमणकारी पक्राउ

spot_img

छुटाउनुभयो कि ?