३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्दै ह्यारिसको

काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा पराजयपछि कमला ह्यारिसले आफ्ना समर्थकलाई सम्बोधन गरेकी छन् ।

हारपछिको पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न अपिल गरेकी छन् । यससँगै उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ भनेकी छन् । ह्यारिसले चुनावमा पराजय भोग्नु परे पनि आफूले उठाएका मुद्दामा संघर्ष जारी राख्ने बताइन् ।

वाशिंगटन,डीसीको हावर्ड विश्वविद्यालयमा एक भाषणमा, ह्यारिसले हार स्वीकार गर्दै भनिन्,’चुनावको नतिजा हामीले चाहेको अनुसार भएन ।’ह्यारिसले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताएकी छन् ।

आफ्ना समर्थकहरूलाई निराश नहुन भन्दै ह्यारिसले आफ्ना उपराष्ट्रपतिका उम्मेदवार गभर्नर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन् ।

उनको सम्बोधनका क्रममा उनका समर्थक भावविव्हल बनेका थिए भने धेरैले आँसु पुछेको देखिएको थियो ।

ह्यारिसले आफ्नो सम्बोधनमा भनिन्- ‘मलाई थाहा छ मानिसहरू अझै पनि धेरै भावनाहरूबाट गुज्रिरहेका छन् । म बुझ्छु, तर हामीले यो चुनावको नतिजालाई सम्मान गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?