चाड पर्वको समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु

चितवन । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दसैँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा परी छ सय २८ जना घाइते भएका छन् । दसैँको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा एक सय १६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको थियो भने चार सय १६ जना घाइते भएका थिए ।

यस्तै, कात्तिक १ गतेदेखि २० गते बिहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा नौ जनाको मृत्यु हुनुका साथै दुई सय १२ जना घाइते भएका छन् ।

चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको हो । प्रहरी उपरीक्षक सुवेदीले भने, ‘सडकको कमजोर अवस्थामा जोखिम मोलेर सवारी चलाउने परिपाटीले गर्दा दुर्घटना बढेको हो । ट्राफिक नियमको पालनामा चालक र यात्रु सचेत नहुँदा पनि दुर्घटना हुने गरेका छन् ।’

दुर्घटना न्यूनीकरणका लागि हरेक हाल कार्यालयले सवारी चालकलाई प्रतिबद्धता, हरेक जिल्लामा नियमित तथा आकास्मिक जाँचलगायत गतिविधिलाई तीव्र बनाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?