एक होटलमा लक्ष्मी पूजाको साँझ आगलागी

दमक । झापाको मेचीनगर नगरपालिका काकड्भिट्टा एक होटलमा लक्ष्मी पूजाको साँझ आगलागी भएको छ ।

राति ८ः३० बजे तिर काँकडभिट्टामा प्रेम गुरुङको ५ तलाको घरको भुइँतलामा रहेको न्यू सागर होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट फ्रिजबाट अचानक विद्युत् सर्ट भई आगलागी भएको जानकारी भएको प्रहरीको भनाइ छ । मेचीनगर नगरपालिकाका २ वटा दमकलको साहयतामा आगो नियण्त्रणमा लिइएको थियो ।

आगलागीबाट होटेलभित्र रहेको भाडा वर्तन, फ्रिज, फर्निचरलगायतका सरसामानहरू पूर्ण रूपले जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?