काठमाडौं । तीन कारोबार घटेर बन्द भएको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बढेर बन्द भएको छ । साताको दोस्राे दिन सोमबार नेप्से परिसूचक २७.४१ अंक बढेर २६४५.३६ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३०७ स्टकको ५८ हजार ५५२ पटकको कारोबारमा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
त्यस्तैगरी आज सेन्सेटिभ इण्डेक्स ३.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक बढेको छ ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जानकी फाइनान्स र दोल्ती पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी कारोबारमा आएको पिपुल्स हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ६.०२ प्रतिशत घटेको छ ।