छविलाल जोशीको आज रूपन्देहीमा बयान लिइँदै

बुटवल : बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलनबारे गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको आज रूपन्देहीमा बयान लिइँदै छ ।

पूर्वडीआइजीसमेत रहेका जोशीलाई पोखराबाट हवाई जहाजमार्फत रूपन्देही ल्याएर सोमबार नै बयान शुरू गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले सम्भवतः मंगलबार जोशीको बयान सकेर पोखरा नै पठाइने बताए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?