बुटवल : बुटवलस्थित सुप्रिम सहकारीको निक्षेप अपचलनबारे गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीको आज रूपन्देहीमा बयान लिइँदै छ ।
पूर्वडीआइजीसमेत रहेका जोशीलाई पोखराबाट हवाई जहाजमार्फत रूपन्देही ल्याएर सोमबार नै बयान शुरू गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले सम्भवतः मंगलबार जोशीको बयान सकेर पोखरा नै पठाइने बताए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको गठित संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए ।