पशुपति विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित

काठमाडौँ । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न बोलाइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित भएको छ ।

कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा आइतबार बिहान बैठक बस्ने भनिएपनि उच्च अदालत पाटनमा यसबारेमा मुद्दा विचाराधीन रहेकाले बैठक स्थगित भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए । कात्तिक २ गते गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दामा अन्तरिम आदेशका लागि छलफल गर्न सोमबारका लागि पेसी तोकिएको छ ।

यसअघि कोषले काठमाडौँ महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?