२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

राजतन्त्र फर्किने सम्भावना नै छैन : प्रचन्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरेका छन्।

बुधबार बिहान सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन र त्यो कतैबाट हेर्दा पनि त्यो सम्भव छैन।’

पूर्वराजाले भुटान भ्रमण गर्नु आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भए पनि राजतन्त्र फर्किन सम्भव नभएको जिकिर गरे।

उनले थपे,‘इतिहासको विकासको दृष्टिकोणलेले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौँ। गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवादबाहेक हुँदैन। पूर्वराजा र उनको परिवारका कारणले पनि सम्भव छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?