पश्चिमी सीमा नाका गड्डाचौकीमा मन्त्र अस्पतालको हेल्थडेस्क

कञ्चनपुर, १७ असोज : कञ्चनपुरको एक निजी स्तरबाट संचालनमा रहेको अस्पतालले पश्चिम सीमा नाका गड्डाचौकीमा हेल्थडेस्क संचालन गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले पश्चिम सीमा नाका गड्डाचौकीमा हेल्थडेस्क संचालन गरेको हो ।

बुधबारदेखि मन्त्र अस्पतालले भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा हेल्थडेस्क संचालनमा ल्याएको हो । मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले भारतबाट फर्किने नेपाली नागरिकको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क हेल्थडेस्क राखिएको बताए । डा. रोकायाले दशैँ, तिहार एव छठको अवसर पारेर गड्डाचौकी नाकाबाट स्वदेश भित्रिने नेपाली नागरिकको स्वास्थ्य उपचारका लागि हेल्थडेस्क स्थापना गरिएको बताए । उनका अनुसार कामका लागि भारतका विभिन्न स्थानमा गएर स्वदेश फर्किने नेपाली दाजुभाईको स्वास्थ जिवन सुरक्षितका लागि हेल्थडेस्क राखिएको बताए । हेल्थडेस्क मार्फत स्वास्थ्य चेकजाँच, प्राथमिक उपचारका साथै परामर्स गरिनेछ ।
‘भारतबाट स्वदेश मातृभूमि फर्किने कुनै नेपालीमा समान्य एव जटिल रोग देखिए हेल्थडेस्क मार्फत उपलब्ध हुने सेवा प्रदान गछौँ, ‘त्यहाँ सम्भव नभए अस्पतालमा पनि उपचार गरिदिछौँ ।’
गत विगतका बर्षपनि अस्पतालले मन्त्र अस्पतालले गड्डाचौकीमा हेल्थडेस्क राखेर उपचार गरेको थियो । यसका साथै मन्त्र अस्पतालले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको छ । हेल्थडेस्क छठसम्मै संचालन हुने अस्पतालले जनाएको छ ।

उद्घाटनकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले चार्डवाडका लागि स्वदेश फर्किने कुनैपनि नेपाली नागरिकमा समस्या देखिए सीमा क्षेत्रमै पहिचान गरेर उपचार गर्नका लागि मन्त्र अस्पतालको काम सरानिय भएको बताएका छन । मातृभूमि फर्किदा घरपुग्दासम्म कुनैपनि नेपाली नागरिक रोग बोकेर फर्किनुपर्ने बाध्यता हटाउनका लागि हेल्थडेस्कको भूमिका हुने प्रजिअ सापकोटाको भनाईछ । मन्त्र अस्पतालले दशै, तिहार,छठका बेला यसरी नेपाली नागरिकको स्वास्थ्य सुरक्षाका लागि परेको कामको प्रसंसा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?