काठमाडौं, ५ असोज । गायिका एलिना चौहान ओशो सन्यासी बने सँगै उनले आफ्नो नयाँ नाम ‘माँ शिव प्रिया’ राखेकी छिन् । उनले आफू ओसो सन्यासी रहेको आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै सार्वजनिक गरेकी हुन् ।
टिकटकमा एलिनाले माँ शिव प्रियाको नाम खाता बनाएर ध्यानका भिडियोहरु सार्वजनिक गरेकी छिन् ।
पहिले नै ओशोमार्गी भएकी शोभिता सिम्खडाले एलिनालाई ओशो परिवारमा स्वागत गरेकी छिन् । ओशो तपोवन गएकी एलिनाले पहिले अरुलाई रमाइलो गराएको तर अहिले आफू रमाएको बताएकी छिन् ।