२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

बेलडाँडी गाउँपालिकाद्वारा बेलडाँडी–दैजी सडकको झाँडी सफाई

कञ्चनपुर, असोज ४ : कञ्चनपुरको एक स्थानीय सरकारले नागरिकको सुरक्षाका लागि नयाँ कामको थालनी गरेको छ । बेलडाँडी गाँउपालिका स्थानीय सरकारले नागरिकको सुरक्षाका लागि नयाँ काम योजना थालनी गरेको हो ।

चालु आर्थिक बर्षको दोस्रो महिनामै बेलडाँडी स्थानीय सरकारले यात्रु सुरक्षाका लागि काम गरिरहेको छ । दक्षिणी क्षेत्रको जिल्ला सदरमुकाम जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेलडाँडी–दैजी हुलाकी सडक खण्डमा झाँडी सफाई गरिरहेको छ ।
ठेकेदारले सडक बनाउने जिम्मा लिएर सडक अलपत्र छाडेपनि स्थानीय सरकारले सडकको दाँयाबाया झाँडीले सडक लटरम्म पारेको अवस्थामा सफाई गरिरहेको छ ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले यात्रुको सुरक्षाका लागि झाँडी सफाई काम भईरहेको बताए । उनका अनुसार भदौँदेखि नै दैजी बेलडाँडी हुलाकी सडक खण्ड निकुञ्ज क्षेत्रमा झाँडी सफाई भईरहेको बताए ।

‘सडक छेउमै झाँडीले यात्रु बन्यजन्तुको आक्र्रमणबाट जोखिम बढेकाले हामीले प्रधानमन्त्री स्वरोजगारका मजदुर खटाएर झाँडी सफाई गरिरहेका छौँ, ‘उनले भने, ‘अहिले सडक सफाई काम चलिरहेको छ ।’ नागरिकले बेलडाँडी स्थानीय सरकारको अनुभूती भएको बताएका छन । सडककै छेउमा झाँडीले जनावरको समान्य ओहोरदोहोरदेखि आक्र्रमणबाट जोगिन झाँडी सफाई सरानिय काम भएको बताएका छन । नागरिकहरुले एकातिर नागरिक सुरक्षा अर्कातिर जनतालाई रोजगार दिएको भन्दै स्थानीय सरकारको काम प्रभावकारी भएको बताएका छन । स्थानीय यात्रुले अहिले झाँडी सझाई भएपछि ढुक्क भएर यात्रा गर्न सहज भएको अनुभूति गरेका छन । अहिले मात्रै नभई बर्षभरी झाँडी सफाई गर्नुपर्ने नागरिकको मागछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?