काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । शनिबार कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको हो ।
साइकल लेनका लागि रंग्याइएको सडक भासिएको प्रहरीले जनाएको छ । सडक भासिएपछि एक लेनमा सवारी आवागमन प्रभावित भएको छ भने साइकल चलाउनेलाई पनि असहज भएको छ ।
वर्षायाममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सडक भासिने गरेको छ ।














