तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी

मकवानपुर- तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । मकवानपुरमा रहेको ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि सिमभन्ज्याङ रिकि गर्न जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिवार त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका वडा न ४ कुर्सीको मोडमा आगलागी भएको हो ।

ट्रकको सापट भाँच्चिएपछी ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको बताइएको छ । उक्त ट्रकमा १८ जना रहेका थिए । मानवीय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

थाहा नगरपालिकाको दमकलले आगो निभाएको थियो । सापट भाँच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगोलागी भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?