२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

आज देशभर नै वर्षा ,उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाडौं— कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ। बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ।

त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ। त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ। कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ।

वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ–मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बङ्गालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तीब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ।

‘एउटा चक्रवात अरेबियन सीबाट पश्चिम तिर गइसकेको छ तर बंगालको खाडीमा बनेको डिप्रेसन जमिनभित्र छिरे पनि त्यसको सबैभन्दा बाहिरी घेराको बादल नेपालसम्म आएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘चीन तिरबाट पनि ट्रिगर भएर आइराखेको छ। त्यसैले बादल बन्ने र वर्षा हुने प्रणाली अनुकूल भएर पानी परेको अवस्था छ।’

मनसुनी वायु पूर्वबाट पश्चिमतिर बहने भएकाले अहिले विकसित भएको वर्षा गराउने बादल पनि पश्चिमतिर सरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?