२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

पहिरोमा परी १२ जनाको मृत्यु

पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान पहिरोमा परी १२ जनाको मृत्यु भएको उद्धार टोलीले जनाएको छ । दुर्घटना माथिल्लो दिर जिल्लामा भएको हो । यहाँ पछिल्ला केही दिनदेखि भारी वर्षा भइरहेको सरकारी उद्धार सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ ।

पहिरो जाँदा घरभित्र सुतिरहेका तीन महिला, छ बालबालिका र तीन पुरुषसहित मृत्यु हुनेमा एकै परिवारका सदस्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

सबै शव भग्नावशेषबाट निकालिएको र पहिरोको भग्नावशेषबाट क्षेत्र खाली गर्न उद्धार कार्य जारी छ ।पाकिस्तानका केही भागमा हाल मुसलधारे वर्षा भइरहेको छ । भारी वर्षाले अचानक बाढी र धेरै जिल्लाहरूमा पहिरो निम्त्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?