२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

यादवको मुद्दा पूर्ण इजलासमा सुनुवाइ , तोकियो पेशी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलास (तीन न्यायाधीशको इजलास) मा पेसी तोकिएको छ। यसअघि संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जेठ २७ गते बहस सुनेपछि पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको थियो । उक्त आदेश अनुसार बिहीबार कुमार रेग्मी,तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिएको हो । उनको पेशी २ नम्बरमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?