२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

जीवनको दार्शनिकरण र दर्शनलाई जीवन प्रदान गर्न जरुरी छ : भरत सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले जिवनको दार्शनिकरण र जिवनलाई दर्शन प्रदान गर्न जरुरी रहेको बताएका छन् ।

दाङमा सञ्चालित पार्टीको राप्ती क्षेत्र स्तरीय माध्यामिक तहको स्कुलिङ कार्यक्रम उहाँले यस्तो बताएका हुन् ।

दर्शनशास्त्रका बिषयमा स्कुलिङ दिइरहेका नेता भरतले आफ्नो स्कुलिङ समापन गर्ने सन्दर्भमा मंगलबार भन्नुभयो – ‘दर्शन विज्ञानहरुको पनि विज्ञान हो त्यसैले यसको विकास जरुरी छ । हामिले जीवनको दार्शनिकरण र दर्शनलाई जीवन प्रदान गरिरहनु पर्दछ ।’

उहाँले पुरानो कम्युनिस्ट स्कुलले लक्ष्य भेदन गर्न नसकेको समेत बताउनुभएको हो ।

‘पुरानो स्कुलको सकारात्मक पक्ष कम्युनिस्ट जनमतको वृद्धि हुनु भएपनी यसले कम्युनिस्टहरुको लक्ष्य भेटन सकेन छ ।’ उहाँले भन्नुभयो ‘नयाँ कम्युनिस्ट स्कुल वा एकीकृत जनक्रान्तीको स्कुल गतिशील , रचनात्मक र सिर्जनशिल छ । हामिले श्रम , अध्यन र अनुसन्धानलाई अगाडी बढाएका छौँ । नयाँ पुस्ताको अलगाव अहिलेपनी यसको नकारात्मक पक्ष हो ।’

नेता भरत सीले दर्शनशास्त्र अन्तर्गत दर्शनमा नेकपाको विकास , मार्क्सवादी दर्शनको रक्षा र विकास , मार्क्सवादी दर्शनको उदय , वैज्ञानिक ज्ञान प्राप्तिका बिधिहरु , दर्शनमा लेनिन र माओका योगदानहरु , मालेमावादमा नेकपाको विकास , एकीकृत जनक्रान्तीको कार्यदिशा , एकीकृत जनक्रान्तिको विचारका आयामहरु , पुरानो / नयाँ कम्युनिस्ट स्कुलका सकारात्मक एवम नकारात्मक पक्षहरु लगाएतका बिषयमा अध्यापन गराउनुभएको थियो ।

यस्तै नेकपा राप्ती क्षेत्रको ५ दिने माध्यामिक स्कुलिङ दंगिशरण गाउँपालिकाको चखौरामा आज चौथो दिनपनि निरन्तर चलिरहेको छ ।

स्कुलिङमा राजनीतिक अर्थशास्त्रको बिषमा स्कुलिङ बिभाग प्रमुख भेषराज सी , समाज विज्ञानको बिषयमा पार्टीका केन्द्रीय सदस्य असल सी , भौतिक विज्ञानको बिषयमा पार्टीका केन्द्रीय सदस्य प्रयास सी र वैज्ञानिक समाजवादको बिषयमा तिर्थ राइले स्कुलिङ प्रदान गरिरहेको नेकपा दाङका सेक्रेटरी तिलक सीले जानकारी दिनुभएको छ ।

नेकपाका अनुसार ५ दिने स्कुलिङको भोलि बिहिवार औपचारिक ढंगले समापन गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?