२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

यसरी ठगिन्छन् रियल ड्रिम्सबाट एप्लाई गर्ने विद्यार्थीहरू

काठमाडौं । रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सीबाट युके एप्लाई गरेका अधिकांश विद्यार्थी ठगिने गरेकाे तथ्य फेला परेकाे छ । रियल ड्रिम्सबाट “सेप्टेम्बर इन्टेक- २०२४” मा एप्लाई गरेका विद्यार्थीकाे ट्युसन फि तिर्दासमेत कास लेटर नआएपछि विद्यार्थी ठगिएका हुन् ।

रियल ड्रिम्सले काम गर्ने युकेकाे सेन्ट जाेन विश्वविद्यालय अन्तर्गतकाे लण्डन क्याम्पसमा एप्लाई गरेका विद्यार्थीहरू ठगिएका छन् । याे विश्वविद्यालयलाई नेपालबाट रियल ड्रिम्सका मालिक वसन्त नेपालले प्रतिनिधित्व गर्ने गरेका छन् । नेपाल आफै कन्सल्टेन्ट र आफै विश्वविद्यालयकाे प्रतिनिधि भएका कारण विद्यार्थी ठगिएका हुन् ।

नेपालले कमिसनकाे लाेभमा कास नहुँदा नहुँदै आफ्ना विद्यार्थी अनेत्र नजाउन भनेर जानाजान अन्तरवार्ता पास गराएर फसाएकाे विद्यार्थीकाे आराेप छ । युग प्रेसकाे सम्पर्कमा आएका एक विद्यार्थीले विश्व विद्यालयकाे अन्तरवार्ता पास भएर कास एप्लाई गर्दा कास सकिएकाे जवाफ आएपछि आफूहरू ठगिएकाे भनेर थाहा पाएकाे बताए ।

जानकारहरूका अनुसार सबैभन्दा पहिला युकेका विश्वविद्यालयहरूले विद्यार्थीकाे एकेडेमिक डकुमेन्ट हेरेर कण्डिशनल अफर लेटर दिने गरेका छन् । कण्डिशनल अफर लेटरमा विद्यार्थीले पढ्ने काेर्ष, पढाई सुरू हुने मिति, अध्ययन अवधिभर लाग्ने खर्च, शैक्षिक कर्जा र अरू आवश्यक डकुमेन्टका बारेमा उल्लेख गरिएकाे हुन्छ ।

विद्यार्थीलाई विश्वविद्यालयमा कण्डिशन चित्त बुझेपछि डकुमेन्ट बनाएर अनकण्डिशनल अफर लेटरका लागि एप्लाई गर्नुपर्छ । सबै डकुमेन्ट ठिक भएपछि विश्वविद्यालयले अनकण्डिशनल अफर लेटर दिन्छ । याे अफर लेटर आएपछि विश्वविद्यालयले‌ विद्यार्थीकाे अनलाईन अन्तरवार्ता लिन्छ । अन्तरवार्तामा सफल भएपछि विद्यार्थीले एनओसी बनाएर विश्वविद्यालयकाे खातामा भनेअनुसारकाे ट्युसन फि तिरेपछि विश्वविद्यालयले कास लेटर दिन्छ । कास लेटर भनेकै भिसा सरह हाे । कास लेटर लिएर VFX गएपछि भिसा लाग्छ ।

विश्वविद्यालयले आफूसँग भएकाे कास अनुसार अनकण्डिशनल अफर लेटर जारी गर्ने गर्दछ । तर सेन्ट जाेन विश्वविद्यालयकाे लण्डन क्याम्पसले कास नहुँदा पनि अनकण्डिशनल अफर लेटर जारी गरेर अन्तरवार्तामा पास गराएपछि कास नदिएकाे तथ्य बाहिरिएको छ । रियल ड्रिम्सले जनवरी २०२५ इन्टेकका लागि पहिल्यै काेटा रिजर्व गरेका कारण विद्यार्थीले कास नपाएको यस क्षेत्रका जानकारहरूकाे भनाई छ ।

रियल ड्रिम्सका संचालक वसन्त नेपालले विद्यार्थीले कास नपाएकाे विषय सत्य भएकाे बताए । उनले विद्यार्थीले कास नपाउनु सामान्य विषय भएकाे बताउँदै आफूले यस्ता विद्यार्थीलाई दुईवटा विकल्प दिएकाे बताए । उनले विद्यार्थीले चाहेको खण्डमा रिफण्ड माग्नसक्ने वा आगामी इन्टेकमा एप्लाई गर्ने अफ्सन दिएकाले विद्यार्थी नठगिने बताए ।

उनले जे भनेपनि विद्यार्थी भने नमजाले ठगिएका छन् । अर्काे इन्टेकमा एप्लाई गरेपनि विद्यार्थीले तीनदेखि चार महिना बैंकको ब्याज धेरै तिर्नु पर्ने छ भने रिफण्ड गर्दा लाखौं रूपैयाँ काटिएर आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?