२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते

चितवन। मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा शुक्रबार दिउँसो १ः५० बजे ढुङ्गा लागेको थियो ।

ढुङ्गा लागेलगतै अनियन्त्रित भएर बस सडकमा पल्टिँदा बसमा सवार १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

ढुङ्गा लागेपछि अत्तिएर बस चलाउँदा बस सडकमा नै पल्टिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । सडकमा बस पल्टिएपछि बाटो अवरुद्ध भएको थियो । बसलाई पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?