काठमाडौं । निरन्तरको अविरलको बर्षासँगै आएको पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक खण्डको कान्तिलोकपथ अवरुद्ध भएको छ।
ललितपुरमा पर्ने झाँक्री डाँडामा पहिरो जाँदा भट्टेडाडाबाट मकवानपुरतर्फ जाने कान्तिलोकपथ सडक अवरुद्ध भएको हो।
गएराति पहिरो गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।