२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

कांग्रेस-एमालेबीचको गठबन्धन कसैको विरोधमा छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलको गठबन्धन बनाउन कसैले दवाव नदिएको बताएका छन् ।

कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दवाव नदिएको बताएका हुन् ।

उनले अहिलेको गठबन्धन कसैको विरोधमा नरहेको समेत स्पष्ट पारे । माओवादी लगायतलाई एक गरेर मुलुकको समृद्धि र विकासमा अघि बढ्ने उनको भनाइ छ । सभापति देउवाले षड्यन्त्र गरेर नभई सबैसँग सल्लाह गरेर नै संविधान संशोधन हुने जिकिर गरे ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको बताए । नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको पोखरेलले बताए । निरङ्कुशताको विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने उनले स्पष्ट पारे ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दलहरूबाट भएका कमी कमजोरीको भारी संविधान र मुलुकको प्रणालीलाई बोकाउन नहुने भन्दै आफ्ना कमजोरीको आत्मसमीक्षा गरी सुधारको बाटोमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले नेपाली राजनीतिकको इतिहासमा समाजवादी चिन्तक स्व. प्रदीप गिरिको भूमिकाको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?