२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव

काठमाडौं । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका छन् ।

आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।

फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।

आज कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरे ।

काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन् । प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?