२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

रियल ड्रिम्सबाट युके एप्लाई गरेका विद्यार्थीको बढ्यो भिसा रिजेक्सन

काठमाडौं । रियल ड्रिम्स एजुकेशन एण्ड माइग्रेसनबाट युकेका लागि भिसा एप्लाई गरेका अधिकांश विद्यार्थीको भिसा रिजेक्सन हुन थालेको छ । रियल ड्रिम्सबाट युकेको सेन्ट जोन युनिवर्सिटी अन्तर्गतको लण्डन क्याम्पसमा भिसा एप्लाई गरेका अधिकांश विद्यार्थीहरुको भिसा रिजेक्सन भएको हो ।

यो कन्सल्टेन्सीले विद्यार्थीलाई विना अन्तरवार्ता कन्फर्मेसन्स अफ एसेप्टेन्स फर स्टडिज (कास) लेटर दिएको र भिसा एप्लाई गर्दा भिसा रिजेक्सन भइ विद्यार्थी मारमा परेका छन् । श्रोतले दिएको जानकारी अनुसार भिसा एप्लाई गर्न गएका विद्यार्थीहरुले दूतावासको अन्तरवार्तामा बोल्न नसक्दा भिजा रिजेक्सन भएको हो ।

‘यो कन्सल्टेन्सीले जस्तो पनि विद्यार्थीलाई अन्तरवार्ता लिएर पास भएको भन्दै कास लेटर दिएर भिसा एप्लाई गर्न पठाउँछ ।’, श्रोतले भन्यो,‘एम्बेसीले भिसा इन्टरभ्युमा बोल्न नसकेपछि विद्यार्थीको भिसा रिजेक्सन गरेको हो । यो कलेज युकेको डि ग्रेड कलेज हो । नेपालका कन्सल्टेन्सीहरु यो कलेजभन्दा धेरै राम्रा छन् । यहाँ भिसा लागेर जाने विद्यार्थी पनि सन्तुष्ट छैनन् ।’

किन भिसा रिजेक्सन भएको हो भनेर बुझ्न खोज्दा रियल ड्रिम्सको टिम सम्पर्कमा आएन । कम्पनीका प्रमुख बसन्त नेपाल युकेका भएकाले सम्पर्क हुन सकेन भने नेपालमा रहेको कम्पनीका बिजनेस डेभलपमेन्ट डाइरेक्टर अर्जुन पौडेललाई बारम्बार टेलिफान गर्दा सम्पर्क भएन । उनको ह्वाट्सएपमा कुरा गर्दा पनि म्यासेजको रिप्लाई गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?