२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

यसैबीच सुनकोशी नदी पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो रहेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?