काठमाडौँ । आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन भएकोले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै सुरु भएको मानिन्छ ।