२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

बाढी, पहिरोमा परी १५० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी शनिबार दिउँसोसम्म एक सय ५० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन,कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २९,गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो ।

उनका अनुसार बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्प्रदेशमा १४ जना गरी जम्मा एक सय ७७ जना घाइते भएका छन् ।

बाढी, पहिरोबाट काठमाडौँ उपत्यकामा २६, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्प्रदेशमा पाँच गरी जम्मा आजसम्म एक सय आठजनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । उनले भने,‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएको र उनीरुको खोजी जारी छ ।

बाढीको कारण शनिबार दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ५९ घर, ९५ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिराबाट सात सय ४३ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार दुई सय १९ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?