७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

धर्मराज विष्टको हत्यामा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौँ । मीनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै विष्टको हत्यामा संलग्न रन्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

२०६४ सालमा प्राध्यापक विष्टको हत्या भएको थियो । प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविता थापाका भाइ विनोदसहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न सविता र विनोदलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो भने विनोद थापा कैद सजाय काटेर जेलबाट छुटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?