वैवाहिक बलात्कार मुद्दामा रवि ओडले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । आइतबार जिल्ला अदालत कञ्चनपुरले फैसला सुनाउँदै पत्नीलाई बलात्कार गरेको अभियोगमा गायक ओडलाई सफाइ दिएको हो ।

रविविरुद्धको अभियोगमा दाबी नपुगेको भन्दै आइतबार जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले ओड निर्दाेष रहेको ठहर गरेको अदालतका सूचना अधिकारी लक्ष्मणप्रसाद चपाईंले जानकारी दिए ।

गायक ओड विदेशमा भएकाबेला उनका पत्नीले जबर्जस्ती करणी तथा अप्राकृतिक मैथुन गरेको आरोप लगाउँदै गत चैतमा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएका थिए ।

विदेशबाट फर्किएर गायक ओडले गत वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी जेठ ३ गते ५ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?