काठमाडौँ । वर्षाका कारण मुग्लिङ–नारायणगढ सडकखण्डमा माथिबाट खसेको डुङ्गाले लागेर एक जना बस चालकको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसका चालकको मृत्यु भएको हो ।
लु २ ख ६५६६ नम्बरको बसका चालकलाई सत्रकिलोमा माथिबाट खसेको डुङ्गाले लागेको थियो । डुङ्गाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
बस घटना स्थलमा नै रहेको र बसमा सवार यात्रुहरूलाई केहि नभएको सह सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।














