संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा बैठक गरिरहेका नेटो गठबन्धनका नेताहरूले चार करोड अमेरिकी डलर बराबरको सैन्य सहायता किएभलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीहरूले उक्त सैन्य गठबन्धनको सदस्यता हासिल गर्ने तर्फको यात्रामा युक्रेनलाई समर्थन गर्ने बताएका छन्।
त्यस्तो सदस्यताका लागि औपचारिक समयसीमा निर्धारण नगरिए पनि नेटोका ३२ सदस्यराष्ट्रले युक्रेनलाई उसको युद्धमा आफ्नो “अटल” समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।